आजका चुनौती चिर्न पार्टीलाई एकताबद्ध राख्ने सङ्कल्प गरौँ : अध्यक्ष ओली
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण ७७ औँ पार्टी स्थापना दिवसमा उपस्थित हुन सकेनन्।
- उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा ओलीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो।
- ओलीले वर्तमान चुनौतीहरू पार गर्न पार्टीलाई एकताबद्ध राख्न सबैले सङ्कल्प गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७७ औँ पार्टी स्थापना दिवसमा सहभागी हुने भनिए पनि उनी स्वास्थ्यका कारण उपस्थित भएनन् । यसअघि एमालेले पार्टी केन्द्रीय कार्यालयमा राखिएको कार्यक्रममा अध्यक्ष ओली स्वयं उपस्थित भएर सम्बोधन गर्ने जनाएको थियो । तर, अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेको सचिव पदमा अर्यालले कार्यक्रममा जानकारी दिइन् ।
ओली नआएपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष थापाले अध्यक्ष ओलीले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।
ओलीले पठाएको सन्देशमा दशकौँ लामो आन्दोलनको विरासत बोकेको एमालेले जबजलाई अङ्गीकार गर्दै देशलाई समृद्ध नेपाल बनाउने गन्तव्य तयार गरेको उल्लेख छ ।
‘यस पार्टीले निरंकुशताको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना आन्दोलनको सफल अगुवाइ गर्यो’, ओलीले भनेका छन्, ‘संविधान सभाबाट जनताको संविधान बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । राष्ट्रिय स्वाभिमान जोगाउन चुनौतीपूर्ण अवस्थामा पनि दृढताका साथ उभियो ।’
त्यस्तै, ओलीले आजको समयका चुनौती चिर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने र त्यसका लागि सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण