जिल्लाको आदेश उच्चले सदर गरेसँगै पाेखराका वडाध्यक्षलाई जेल सजाय
सारांश
- पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेदको कसुरमा सुनाइएको कैद सजाय उच्च अदालतले सदर गरेको छ।
काठमाडाैँ । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना जेल सजाय हुने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले सदर गरिदिएको छ । जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उच्च अदालत पोखराले दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो ।
उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको कैद र जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको छ ।
के थियो घटना ?
२०७९ साल पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल भइरहेको थियो । सोही क्रममा वडा अध्यक्ष अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबिच विवाद भएको थियो । विवादका क्रममा अध्यक्ष अधिकारीले मैया नेपालीलाई जातीय विभेद हुने गरी अपमान र अमानवीय शब्द प्रयोग गरी गाली गलौज गरेका थिए ।
त्यसपछि नेपालीले आफूमाथिको दुर्व्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिन् । २०८० मंसिर ७ गते कास्की जिल्ला अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अधिकारीलाई दोषी ठहर गरेको थियो । अदालतले उनलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवाना तोकेको थियो ।
त्यसबाहेक पीडित नेपालीलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसला विरुद्ध वडा अध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण