गलत लिखत प्रकरणमा मालपोतका दुई कर्मचारीसहित तीनजनालाई कैद सजाय
सारांश
- विशेष अदालतले गलत लिखत तयार गरेको अभियोगमा महोत्तरीको मालपोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ।
- अदालतले नासु साह, कम्प्युटर अपरेटर सिंह र राजीव कुमार ठाकुरलाई जनही ३ महिना कैद र जरिवानाको फैसला गरेको हो।
जनकपुरधाम । विशेष अदालतले गलत लिखत तयार गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको फैसला गरेको छ।
बुधबार विशेष अदालतले ०८० साउनमा साविक इटरहर्वाकट्टीको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटर प्रणालीमार्फत स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
करिब तीन महिनाअघि दायर मुद्दामा अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फैसला गरेको हो। अदालतले नासु साहलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा कम्प्युटर अपरेटर सिंहलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। सोही प्रकरणमा संलग्न ठाकुरलाई पनि समान सजाय सुनाइएको छ।
यसैगरी, अदालतले तीनै जना प्रतिवादीबाट जनही १ हजार ६ सय रुपैयाँका दरले पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने व्यवस्था समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण