आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पपछि फेरिएको बारपाक : कङ्क्रिटको मोहमा हराउँदै मौलिकता

बिहीबार, १० वैशाख २०८३, ११ : १०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • २०७२ सालको भूकम्पको केन्द्रबिन्दु बारपाकमा परम्परागत ढुङ्गाले छाएका घरहरू हराउँदै गएका छन्।
  • स्थानीय बासिन्दाहरूले सुरक्षा र आर्थिक सक्षमताका कारण पक्की तथा कङ्क्रिटका घरहरू निर्माण गरिरहेका छन्।
  • पर्यटन प्रवर्द्धनका लागि बारपाकले आफ्नो ऐतिहासिक मौलिकता र स्थानीय उत्पादनलाई जोगाउनु आवश्यक देखिएको छ।
  • विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी

गोरखा । २०७० सालतिर म पहिलो पटक बारपाक पुगेको थिएँ। त्यस समय एकनासका ढुङ्गाले छाएका मौलिक घरहरू देख्न पाउँदा साह्रै रमाइलो लागेको थियो। गोरखा जिल्लाकै सबैभन्दा ठूलो र घना बस्ती भएको बारपाकले अहिले भने आफ्नो मौलिकता गुमाएको महसुस भएको छ।

Barpak Village _-439

सडक सञ्जालको सहज पहुँच, दैनिक रूपमा आउने आन्तरिक र बाह्य पर्यटकका लागि सुविधासम्पन्न होटल अनि खानामा स्थानीय उत्पादनभन्दा पनि बाहिरबाट भित्रिएका खानेकुराले प्राथमिकता पाएको देखिन्छ।

Barpak Village _-440

गाउँभित्र जबरजस्ती लगिएजस्ता साँघुरा सडक, सिमेन्ट र बालुवा बोकेका ट्याक्टर, कोही स्थानीय सडकमा रड सोझ्याउँदै गरेका, कतै घरको जग खन्दै गरेका त कोही घर निर्माणको अन्तिम चरणको काम गर्दै गरेका दृश्यहरू अहिले बारपाकका हरेक टोलमा देख्न पाइन्छन्।

Barpak Village _-441

२०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा अहिले मौलिक घरभन्दा कङ्क्रिटका घरले बढी प्राथमिकता पाइरहेका छन्। मौलिक र परम्परागत घरहरू केही मात्र बाँकी रहे तापनि अहिले बालुवा, सिमेन्ट, इँटा र रडको प्रयोग गरी बनाइएका कङ्क्रिटका घरहरूको सङ्ख्या बढेको छ।

Barpak Village _-442

घर बनाउँदै गरेका स्थानीय मोहनभगी गुरुङका अनुसार २०७२ सालको भूकम्पपछि यस्ता सिमेन्टका घरहरू धेरै बनेका हुन्। "पुरानो घरभन्दा यस्ता घर भूकम्पमा अलि सुरक्षित हुने एउटा कारण हो भने अर्कोतर्फ गाउँका प्रायजसो मानिस विदेशमा छन् र आर्थिक रूपले सक्षम पनि भएका छन्। त्यसैले गाउँमा पक्की घर बनेका हुन्," उनले बताए। गाउँमा आर्थिक रूपमा हुनेखाने वर्गले यस्ता पक्की घर बनाएका छन् भने अरूचाहिँ पुरानै घरलाई मर्मत गरी बस्दै गरेको उनले सुनाए।

Barpak Village _-443

काठमाडौंबाट घुम्न आएका दिपेश दर्शनधारी भन्छन्, "काठमाडौंभन्दा धेरै शान्त भए पनि बारपाकले आफ्नो मौलिकता भने गुमाएछ।" लाहुरेहरूको वीरगाथा र पछिल्लो समय भूकम्पको केन्द्रबिन्दु भएर विश्वले चिनेको बारपाकका बासिन्दाले मौलिकता र स्थानीय उत्पादनमा जोड दिनुपर्ने दर्शनधारीले बताए।

Barpak Village _-444

मकै, जौ, गहुँ, कोदो, सिलाम लगायतका अन्न र विभिन्न तरकारी स्थानीय स्तरमै उत्पादन हुने भए पनि यातायातको सहज पहुँचले सदरमुकाम गोरखा बजार र चितवनसम्मबाट तरकारी तथा अन्य खाद्यवस्तु बारपाक भित्रिने गरेका छन्।

Barpak Village _-445

बारपाकवासीले ऐतिहासिक पक्ष, मौलिकता र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी पर्यटन प्रवर्द्धनमा जोड दिनु आवश्यक देखिन्छ।

Barpak Village _-446Barpak Village _-447Barpak Village _-448Barpak Village _-449Barpak Village _-450Barpak Village _-451Barpak Village _-452Barpak Village _-453Barpak Village _-454

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप