प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल
सारांश
- प्रधानमन्त्रीको निर्देशनपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुरक्षा प्रमुखहरूसँग छलफल अघि बढाएकी छन्।
- काठमाडौँका प्रमुख जिल्ला अधिकारीले थापाथली बस्तीका बासिन्दालाई हटाउन महानगरसँग समन्वय र सहजीकरणको आग्रह गरेका छन्।
- महानगरपालिकाले थापाथलीका बासिन्दालाई होटल तथा लजमा अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरेको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् । थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशी छलफलमा रहेका छन् ।
त्यसअघि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गरेर समन्वय गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म केहि जानकारी आएको छैन, सीडीओसाब सँग छलफल भइसकेको छ । अब महानगरले सङ्घीय सरकारले तयारी गरेको काममा सहजीकरण र समन्वय गर्छ । त्यसैको लागि अहिले छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक वडाध्यक्षले भने ।
महानगर स्रोतका अनुसार सीडीओ पौडेलले थापाथली बस्तीका बासिन्दालाई डोजर चल्नु अगाडि नै हटाउनुपर्ने र उनीहरूका सामान सुरक्षित राखिदिन नगर प्रहरीको सहयोग चाहिने बताएका थिए । सोही अनुसार बासिन्दाहरूलाई होटल तथा लजमा अस्थायी बसोबासको व्यवस्था गरिदिने समेत तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण