आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी

बिहीबार, १० वैशाख २०८३, १४ : ४४
बिहीबार, १० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आफूविरुद्ध भ्रामक समाचार फैलाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।
  • उनले आफूले प्रधानमन्त्रीसँग राखेको प्रश्नलाई तोडमोड गरी चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्।
  • कर्णले प्रेस स्वतन्त्रता जिम्मेवारीसँग जोडिएको हुनुपर्ने बताउँदै गलत सूचना फैलाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै सांसद कर्णले साइबर ब्युरोमा उजुरी दिएका हुन्। 

सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आफूले उजुरी दिएको कर्णले बताए । उजुरी दिएपछि सांसद कर्णले कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताए । तर गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो।  ‘प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो,’ कर्णले भने । 

कर्णले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफू विरुद्ध भ्रम फैलाइएको बताए । आफूले समान कानुनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै कर्णले ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताए । यदि त्यस्तो प्रमाण भए कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । 

यस्तो छ उनको जाहेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप