आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बिहीबार, १० वैशाख २०८३, १४ : ४७
बिहीबार, १० वैशाख २०८३

मोरङ । मोरङमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।  विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ बस्ने ५७ वर्षीय खगेन्द्र गिरी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप