काठमाडौँसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
सारांश
- काठमाडौँ, मोरङ र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ।
- काठमाडौँको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ।
- मोरङमा सिटी सफारीको ठक्करबाट एक साइकल यात्री र धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा, मोटरसाइकलमा सवारमध्ये १ जनाको टिचिङ हस्पिटलमा र अर्का १ जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
उक्त मोटरसाइकल रोकी राखेको बा.९१ प. २६७९ नम्बरको स्कुटरमा ठक्कर खाई अनियन्त्रित भएर प्र.३–०२–००९ प ३९२८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।
त्यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–७ सिसवनीस्थित सडकमा प्र.१–०२–०४ ह ०११६ नम्बरको सिटी सफारीको ठक्करबाट साइकल यात्री सोही गाउँपालिका–७ बस्ने ६९ वर्षीय बलराम विश्वासको बुधबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, धनुषाको विदेह नगरपालिका–६ एकराही टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ घर भएका ६० वर्षीय चौधरी मण्डल खत्वेको बिहीबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल तथा चालकको खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण