स्ट्रेट अफ होर्मुजमा इरानले गर्यो टोल फीबाट पहिलो आम्दानी
बिहीबार, १० वैशाख २०८३, १६ : १५
तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजमाथि लगाएको टोल फीबापत पहिलो शुल्क आम्दानी गरेको छ ।
इरानका वरिष्ठ संसदीय अधिकारीले बताएको भन्दै पाकिस्तानको अंग्रेजी भाषाको पत्रिका डनले समाचार छापेको छ । इरानी संसदका उपसभामुख हमिदरेजा हाजिबाबाईले उक्त आम्दानी केन्द्रीय बैंकको खातामा जम्मा गरिएको बताएका छन् । यो जानकारी अर्धसरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको हो ।
यद्यपि, शुल्क कति संकलन भयो वा कुन देशका जहाजबाट लिइयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
आफनो देशमाथि अमेरिका र इजरायलको आक्रमण जारी रहँदा इरानले स्ट्रेट अफ होर्मुज ठप्प पारेको थियो । शत्रु देशका बाहेकका जहाजलाई यो मार्ग भएर आवागमन गर्न दिने तर ती जहाजको सुरक्षा सुनिश्चित गर्न टोल फी उठाउने इरानले योजना अघि सारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण