सीआईबीले भन्यो– शेखर गोल्छालाई धितोपत्र ऐन अन्तर्गतको कसुरमा पक्राउ गर्यौँ
सारांश
- सीआईबीले व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको छ।
- हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष गोल्छालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा नियन्त्रणमा लिइएको हो।
- नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई प्रहरीले काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको छ।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा बिहीबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उहाँलाई नियन्त्रणमा लिएका हौँ।’
नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छामाथि थप अनुसन्धान सुरु गरिएको एआईजी केसीले बताए । नागार्जुन नगरपालिका–८ बस्दै आएका गोल्छाले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर धितोपत्र ऐन विरुद्धको कसुर गरेको बोर्डको प्रारम्भिक जाँच प्रतिवेदनमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण