व्यवसायी शेखर गोल्छा पक्राउ
सारांश
- प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ।
- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बिहीबार काठमाडौँको नारायण चौरबाट पक्राउ गरेको हो।
काठमाडौँ । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौँकाे नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्।
हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रेडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे ती अधिकृतले बताए।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई काठमाडौं जिल्ला अदालतबाट आजै पक्राउ अनुमति लिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनकाे संलग्नता देखिएकाे थियाे।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण