बस्दै नबसी किन स्थगित गरियाे संसद् अधिवेशन ?
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन बस्दै नबसी स्थगित गरेका छन्।
- सरकारले बजेट अधिवेशनको तयारी नपुगेको कारण देखाउँदै अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
काठमाडौँ । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले बस्दै नबसी स्थगित गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो आह्वान गरेको सङ्घीय संसद्को अधिवेशन आज फेरि स्थगित गर्ने निर्णय गरेका हुन्। सरकारले राष्ट्रपति कार्यालयलाई आह्वान गरिएको अधिवेशन विशेष कारणले स्थगित गर्न परेको पत्र पठाएको राष्ट्रपति कार्यालयले अधिवेशन स्थगन गर्नका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता सरकारले भने अब आह्वान गर्ने संसद्को अधिवेशन बजेट अधिवेशन रहेको र त्यो अधिवेशनका लागि तयारी नपुगेकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह कि प्रेस विज्ञ दिपा दाहालले बजेट अधिवेशनको तयारी नभएकाले आह्वान गरिएको अधिवेशन सरकारले बस्दै नबसी स्थगित गर्नुपरेको जानकारी दिइन् ।
'बजेट अधिवेशनका लागि तयारी नपुगेका कारण संसद्को अधिवेशन स्थगित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। त्यसैअनुसार राष्ट्रपतिज्यूले संसद् अधिवेशन स्थगित गर्ने निर्णय गर्नु भएको हो,’ प्रेस विज्ञ प्रेस विज्ञ दाहालले रातोपाटीसँग भनिन् ।
यता सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले आह्वान भएको अधिवेशन स्थगित भएको जानकारी आएको र कारण नखुलाइएको बताए । उनले रातोपाटीसँग भने, 'आह्वान भएको अधिवेशन स्थगित भएको जानकारी आएको छ। तर कारण भने के हो खुलाइएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण