आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँको बौद्धमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बिहीबार, १० वैशाख २०८३, २१ : ४७
बिहीबार, १० वैशाख २०८३

सारांश

  • काठमाडौँको बौद्धमा १६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय बुवा पक्राउ परेका छन्।
  • भारतको रक्सौलबाट नेपाल फर्किने क्रममा नेपालगन्जबाट आरोपीलाई प्रहरीले पक्राउ गरेको हो।
  • पीडित किशोरीको जाहेरीपछि प्रहरी वृत्त बौद्धले आरोपी विरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

काठमाडौँ । काठमाडौँको बौद्धमा छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय पुरुष पक्राउ परेका हुन् ।

पाँचथर घर भएर काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएकी किशोरीले चैत २७ मा आफू बलात्कृत भएको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता गरेर प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाले आरोपी विरुद्ध अनुसन्धान अघि बढाएका हुन् ।

वैशाख ८ मा आरोपीलाई भारतको रक्सौलबाट नेपालतर्फ आउने क्रममा नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीमाथि अदालतबाट म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

बलात्कारमा संलग्न पुरुष १ वर्षअघि भारतको बैंगलोर गएका थिए । त्यहाँ उनले दोस्रो महिलासँग विवाह गरेर बसेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पीडित किशोरीकी आमा ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा खाँडीमा छिन् ।

पीडित किशोरी बौद्धमा आफन्तकहाँ बस्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप