आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

१६ स्थानमा सैन्य तालिम सम्पन्न, झण्डै २५ सय सैनिक दीक्षित

शुक्रबार, ११ वैशाख २०८३, १५ : ५४
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली सेनाका विभिन्न १६ स्थानमा सञ्चालित सैन्य आधार तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
  • तालिममा सहभागी २ हजार ४ सय ७१ जना नयाँ सैन्य जवानहरू दिक्षित भएका छन्।

काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित 'सैन्य आधार तालिम' सम्पन्न भएको छ। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार देशका विभिन्न १६ स्थानमा आयोजित विशेष समारोहकाबिच तालिममा सहभागी २ हजार ४ सय ७१ जना सैन्य जवानहरू दीक्षित भएका हुन्।

९ महिना अवधिको सैन्य आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नेहरूमा २ हजार ८७ जना पुरुष र ३ सय ८४ जना महिला रहेका छन्। कठिन परिस्थितिमा पनि कर्तव्य पालन गर्न सक्ने दृढ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेसागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

तालिम समापनका अवसरमा आयोजित 'अन्तिम दलेल कवाज' कार्यक्रम अन्तर्गत नुवाकोटको त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा बलाधिकृत रथी प्रदीप जंग के.सी. ले कवाज निरीक्षण गरेका थिए ।

त्यसैगरी रुपन्देहीको सैनामैनास्थित श्री नं. २ सैन्य तालिम केन्द्रमा सैनिक तालिम महानिर्देशक प्रेम बहादुर पुनले कवाजको निरीक्षण गरेको निर्देशनालयले जनाएको छ। अन्य पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

दीक्षान्त समारोहमा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नवनियुक्त सिपाहीका परिवारजन र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप