आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो अवस्थामा छ रानीवनमा सुकुमबासीका लागि बनाइएका भवन ? (तस्बिरहरू)

शुक्रबार, ११ वैशाख २०८३, १५ : ५९
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नागार्जुन नगरपालिका-१ रानीवनमा सुकुमबासीका लागि निर्माण गरिएका भवनहरू प्रयोगविहीन अवस्थामा रहेका छन्।
  • निर्माण गरिएका तीन भवनमध्ये केही भागमा वडा कार्यालय, प्रहरी बिट, स्वास्थ्य चौकी र खानेपानी उपभोक्ता समितिका कार्यालय राखिएका छन्।
  • एउटा भवनमा मानव सेवा आश्रमले वृद्धवृद्धाहरूलाई आश्रय दिइरहेको छ भने बाँकी भाग खण्डहर र चराहरूको बासस्थान बनेको छ।

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-१ रहेको रानीवनमा सुकुमबासीका लागि सरकारले भवन बनाइए पनि यही प्रयोगमा आउन सकेको छैन । 

 तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय राखिएको छ ।  साथसाथै  प्रहरी बिट, स्वास्थ्य कार्यालय र रानीवन नासीढोका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय पनि राखिएको छ । 

 एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्ध वृद्धाहरूलाई राखेको छ। भवनहरू कुनै खण्डहर भएको छ भने कुनै ठाउँमा परेवाले गुँड लगाएर बस्ने गरेको पाइएको छ।

Sukumbasi apartment at Nagarjun_NPL (1)Sukumbasi apartment at Nagarjun_NPL (2)Sukumbasi apartment at Nagarjun_NPL (3)Sukumbasi apartment at Nagarjun_NPL (4)Sukumbasi apartment at Nagarjun_NPL (5)Sukumbasi apartment at Nagarjun_NPL (6)Sukumbasi apartment at Nagarjun_NPL (7)Sukumbasi apartment at Nagarjun_NPL (8)Sukumbasi apartment at Nagarjun_NPL (9)Sukumbasi apartment at Nagarjun_NPL (10)Sukumbasi apartment at Nagarjun_NPL (11)Sukumbasi apartment at Nagarjun_NPL (12)Sukumbasi apartment at Nagarjun_NPL (13)Sukumbasi apartment at Nagarjun_NPL (14)Sukumbasi apartment at Nagarjun_NPL (15)Sukumbasi apartment at Nagarjun_NPL (16)Sukumbasi apartment at Nagarjun_NPL (17)

 तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप