विपद् प्रतिकार्य र अनुसन्धानमा लेटाङ प्रहरीले थाल्यो ‘ड्रोन प्रविधि’
काठमाडौँ । शान्ति सुरक्षा, अपराध अनुसन्धान र विपद् प्रतिकार्यमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङले ड्रोन प्रविधिको प्रयोग गर्न थालेको छ । अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरण प्रयोग गर्न थालिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
शुक्रबार कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले ड्रोन प्रविधिको उद्घाटन गरे । कार्यक्रममा प्रहरीका अधिकृतहरू, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र स्थानीय प्रतिनिधि उपस्थित थिए ।
ड्रोन प्रविधिको शुभारम्भ गर्दै डीआईजी घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज–उद्धार कार्यलाई सुदृढ बनाउन सकिने बताए । उनले भने, ‘ड्रोनको प्रयोगले प्रहरी कार्यलाई प्रविधिमैत्री र परिणाममुखी बनाउँदै अपराध जहाँ भए पनि आरोपी उम्कन नसक्ने सन्देश दिन सकिन्छ ।’
इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय इन्चार्ज प्रहरी निरीक्षक सागर साहले लेटाङ क्षेत्रको भौगोलिक जटिलता र बढ्दो सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधिको प्रयोग गर्न थालिएको बताए । उनले भने, ‘ड्रोनको प्रयोग केवल प्रहरी काम कारबाहीमा मात्र सीमित हुनेछ, प्रयोगका क्रममा व्यक्तिको गोपनीयता तथा मानवअधिकारको पूर्ण पालना गरिने छ ।’
मोरङका एसपी कवित कटुवालले प्रविधिमैत्री पहलहरूलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण