आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
समाचार

सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

शनिबार, १२ वैशाख २०८३, ०६ : २३
शनिबार, १२ वैशाख २०८३

सारांश

  • सुकुमबासी बस्ती हटाउने प्रक्रियामा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले मोर्चाका महासचिवसहित ३ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार रहेका छन् ।
  • सरकारले थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेको छ ।

काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार छन् । उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । २०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।

आजबाट सरकारले थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्ती खाली गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप