सुकुमबासी बस्तीमा अवरोध गर्नसक्ने आशङ्कामा थप दुई जना पक्राउ
सारांश
- सुकुमबासी बस्ती हटाउने कार्यमा अवरोध गर्नसक्ने आशङ्कामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा राजकुमार लामा र अर्जुन कुँवर रहेका छन् ।
- यससँगै बस्ती हटाउने कार्यमा अवरोध पुर्याउन सक्ने आशङ्कामा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर छन् ।
उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्तीको घर, टहरा हटाउँदै छ ।
पक्राउ परेका राज कुमार लामा बालाजुमा बस्छन् । अर्जुन कुँवर पवर्त फलेबास–११ घर भएर काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन् ।
यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार र सुकुमबासी मोर्चाका कार्यबाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण