विराट कोहली फेरि ओरेन्ज क्यापको शिखरमा
सारांश
- विराट कोहली इन्डियन प्रिमियर लिग २०२६ को सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
- रोयल च्यालेन्जर्स बेङ्गलोरले गुजरात टाइटन्सविरुद्धको खेलमा ५ विकेटको जित हात पार्दै अंक तालिकामा सुधार गरेको छ।
- बलिङतर्फ अंशुल कम्बोज र प्रिन्स यादव पर्पल क्यापको दौडमा पहिलो र दोस्रो स्थानमा रहेका छन्।
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेङ्गलोर र गुजरात टाइटन्सबिचको खेलले ओरेन्ज क्याप र 'पर्पल क्यापको समीकरणमा नयाँ मोड ल्याएको छ। गुजरातले प्रस्तुत गरेको २०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बेंगलुरुले ५ विकेटको सानदार जित हात पारेसँगै रन बनाउने र विकेट लिने खेलाडीहरूको तालिकामा फेरबदल भएको हो।
विराट कोहलीले आफ्नो पुरानै लयलाई कायम राख्दै बेंगलुरुको जितको आधार खडा गरे। २ सय ६ रनको लक्ष्य पछ्याउन ओपनिङमा उत्रिएका कोहलीले ४४ बलमा ८१ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जितको नजिक पुर्याए।
यो इनिङ्ससँगै उनी यस सिजनको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। कोहलीले ७ इनिङ्समा ३२८ रन बनाउँदै सनराइजर्स हैदरावादका अभिषेक शर्मा (३२३ रन) लाई पछि पारेका हुन्। सर्वाधिक रनको सूचीमा हैदरावादकै हेनरिक क्लासेन ३२० रनसहित तेस्रो स्थानमा छन्।
गुजरातका कप्तान शुभमन गिलले आरसिबी विरुद्ध २४ बलमा ३२ रन जोडेपछि उनी २९७ रनसहित तालिकाको चौथो स्थानमा पुगेका छन्। यसअघि चौथोमा रहेका चेन्नाई सुपर किंग्सका सन्जु सामसन भने पाँचौँ स्थानमा झरेका छन्। गुजरातका अर्का ओपनर साई सुदर्शनले ५८ बलमा शतक प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्। यद्यपि, यो सिजनको पाँचौँ सतक प्रहार गरेका सुदर्शन सर्वाधिक रन बनाउनेको १० औँ स्थानमा पुगेका छन्। बेंगलुरुका कप्तान रजत पाटीदार भने ८ रनमै आउट हुँदै इशान किसनसँगै २३८ रनका साथ आठौँ स्थानमा रहेका छन्।
बलिङतर्फ अर्थात् पर्पल क्यापको प्रतिस्पर्धामा पनि निकै रोचक स्थिति देखिएको छ। गुजरात विरुद्धको खेलमा प्रसिद्ध कृष्णले कुनै विकेट लिन नसकेपछि उनी १२ विकेटका साथ संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्। हैदरावादका ईशान मलिंगा पनि १२ विकेटसहित तेस्रो स्थानमै अटाएका छन्। तालिकाको पहिलो र दोस्रो स्थानमा भने क्रमशः चेन्नाईका अंशुल कम्बोज र लखनउ सुपर जाइन्ट्सका प्रिन्स यादव रहेका छन्।
भुवनेश्वर कुमारले जोस बटलरको महत्त्वपूर्ण विकेट लिएसँगै उनको विकेट सङ्ख्या ११ पुगेको छ। यो सङ्ख्या राजस्थान रोयल्सका जोफ्रा आर्चर र रवि बिश्नोईको बराबर हो। यी तीनै बलरहरू अहिले शीर्ष चार बलरहरूको लगत्तै पछि रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण