दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
लेबनान । दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणका कारण शुक्रबार कम्तीमा ६ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
राजधानी बेरुतबाट प्राप्त विवरणअनुसार, लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले जारी गरेको विज्ञप्तिमा विभिन्न स्थानमा भएका आक्रमणका कारण क्षति भएको उल्लेख गरिएको छ। वादी अल–हुजैरमा दुई जनाको मृत्यु भएको छ भने स्रिफामा एक जनाको ज्यान गएको छ।
त्यसैगरी, याटेरमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्, टाउलिनमा दुई जनाको ज्यान गएको छ भने खिर्बेत सेल्ममा एक जना घाइते भएका छन्।
यी आक्रमणहरू इजरायल र लेबनानबीच अप्रिल १६ र १७ को मध्यरातदेखि लागू भएको युद्धविरामको बीचमै भएका हुन्, जुन पछिल्ला केही हप्तादेखि जारी सीमापार झडप र इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण भएको थियो। यसै सन्दर्भमा डोनाल्ड ट्रम्पले हालको १० दिने युद्धविरामलाई थप तीन हप्ताका लागि विस्तार गर्ने घोषणा गरेका छन्, जसले क्षेत्रीय स्थिरता कायम गर्ने प्रयासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण