मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

शनिबार, १२ वैशाख २०८३, १२ : ४८
शनिबार, १२ वैशाख २०८३

सारांश

  • काठमाडौँको गोकर्णेश्वरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी २५ वर्षीय युवकको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो।

काठमाडौँ । काठमाडौँमा भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ तालिन चोकस्थित सडकमा बा.प्र.०२–०५५प २१२७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप