पन्जाब किंग्सको लगातार छैँटौँ जित, आईपीएलकै सर्वाधिक ठुलो रन चेजको कीर्तिमान
नयाँ दिल्ली । पन्जाब किंग्सले आईपीएल २०२६ लगातार छैटौँ जित दर्ता गरेको छ* (कोलकाता नाइट्राइडर्ससँगको खेल वर्षाले स्थगित) । टोलीले आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो ।
दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २६४ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा पन्जाबले २६५ रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक हासिल गर्यो । यो आईपीएल इतिहासकै सबैभन्दा ठुलो सफल रन चेज हो ।
केएल राहुल आईपीएलमा १५० भन्दा बढी रन बनाउने पहिलो भारतीय
दिल्लीका कप्तान केएल राहुलले अविजित शतक प्रहार गर्दै १५२ रन बनाए । यो आईपीएलमा कुनै पनि भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो । यसअघि अघिल्लो सिजन पन्जाबविरुद्ध अभिषेक शर्माले बनाएको १४१ रनको कीर्तिमान उनको नाममा थियो ।
दिल्लीका लागि नीतीश राणाले पनि उत्कृष्ट ब्याटिङ गर्दै ९१ रन जोडे । राहुल र राणाबिच दोस्रो विकेटका लागि २२० रनको विशाल साझेदारी भएको थियो ।
यसैबिच खेलको तेस्रो ओभरमा दिल्लीका तीव्र गतिका बलर लुंगी एनगिडीलाई गम्भीर चोट लागेको छ । अक्षर पटेलको फुल बलमा प्रियांश आर्याले सट खेलेका थिए, बल हावामा गयो र मिड–अफबाट क्याचका लागि दौडिएका एनगिडी क्याच जज गर्न नसकेर पछाडि लडेका थिए ।
घटनास्थलमै मेडिकल टोलीले तुरुन्तै पुगेर उनको उपचार सुरु गरेको थियो । चोटको प्रकृति गम्भीर भएका कारण एनगिडीलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ । चोटका कारण खेल करिब १५ मिनेट रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण