क्रिस्टल प्यालेसमाथि लिभरपुलको प्रभावशाली जित
सारांश
- इङ्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
- लिभरपुलको जितमा अलेक्जेन्डर इसाक, एन्ड्रयु रोबर्टसन र फ्लोरियन विर्ट्जले एक-एक गोल गरेका छन्।
- क्रिस्टल प्यालेसका लागि ड्यानियल मुनोजले एक गोल फर्काए पनि टोली पराजित हुन पुग्यो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।
लिभरपुलको जितमा अलेक्जेन्डर इसाक, एन्ड्रयु रोबर्टसन र फ्लोरियन विर्ट्जले एक–एक गोल गरे । क्रिस्टल प्यालेसका लागि ड्यानियल मुनोजले सान्त्वना गोल फर्काए ।
खेलको ३५ औँ मिनेटमा इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै, ४० औँ मिनेटमा रोबर्टसनले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ७१ औँ मिनेटमा प्यालेसका मुनोजले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । खेलको अतिरिक्त समयको छैटौं मिनेटमा विर्ट्जले गोल थप्दै लिभरपुलको जित ३–१ ले सुनिश्चित गरे ।
यो जितसँगै लिभरपुलको ३४ खेलबाट ५८ अंक पुगेको छ । अर्कोतर्फ, पराजित क्रिस्टल प्यालेसको ३३ खेलबाट ४३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण