सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा एक वृद्ध मृत फेला

आइतबार, १३ वैशाख २०८३, ०९ : ३४
आइतबार, १३ वैशाख २०८३

सारांश

  • कैलालीको जानकी गाउँपालिका-९ स्थित नहरमा ७७ वर्षीय हरिराम थारु मृत अवस्थामा फेला परेका छन्।
  • घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

कैलाली । कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्।

मृत फेला पर्नेमा जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु रहेका छन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप