विपिन आचार्यले सुरु गरे ‘विधेयक प्रयोगशाला’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माणमा नागरिक सहभागिता बढाउन 'विधेयक प्रयोगशाला' सञ्चालनमा ल्याएका छन्।
- विपिन आचार्य डट कममार्फत संसदमा दर्ता भएका विधेयकहरूमाथि नागरिक र विज्ञहरूले प्रत्यक्ष रूपमा आफ्ना सुझाव तथा संशोधन प्रस्ताव राख्न सक्नेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् ।
आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव सङ्कलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन् ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका उनले विपिन आचार्य।कम मार्फत संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।
सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद्, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ ।
बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण