अनलाइन ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएको आरोपमा दुई जना पक्राउ
सारांश
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी ई-गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा स्वदेश पोखरेल र प्रकाश ढुङ्गाना रहेका छन् जसले ठेक्काको विवरण हेरफेर गरेको आरोप छ।
- विद्युतीय कारोबार ऐन र सङ्गठित अपराध निवारण ऐन अन्तर्गत उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सरकारी खरिद (ठेक्का) प्रक्रियामा प्रयोग हुने ‘ई–गभर्नमेन्ट प्रोक्युरमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नु पूर्व नै डकुमेन्ट हेरफेर गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ई–कोन प्रालिका सेयर धनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक ४१ वर्षीय प्रकाश ढुङ्गाना रहेका छन् । अनुसन्धानका क्रममा पोखरेललाई काठमाडौँ महानगरपालिका–३२, पेप्सी कोलाबाट वैशाख १२ गते र ढुङ्गानालाई काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । ब्युरोले हालै मात्र संशोधन भएको ‘सङ्गठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत समेत उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । यही प्रकरणमा अरू केही ठेकेदार पनि पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण