अपडेट
नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी
आइतबार, १३ वैशाख २०८३, २० : ३५
सारांश
- • काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावितहरू दशरथ रंगशालामा नाम दर्ता गर्न पुगेका छन्।
- • सुकुमबासी बस्तीका स्थानीयका साथै घरजग्गा नभएका अन्य व्यक्तिहरू पनि नाम दर्ता गराउन दशरथ रंगशाला पुगेका छन्।
- • वास्तविक सुकुमबासीको पहिचान र परीक्षण हुने भएकाले अहिले नै कोही सुकुमबासी हो वा होइन भन्न सक्ने अवस्था छैन।
काठमाडौँ । संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् ।
तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन पुगेका छन् ।
‘काठमाडौँमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको पाइएको छ । हामीले अब तपाँई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति पनि छैन । त्यही भएर नाम चाहिँ टिपेका छौँ,’ रंगशालामा रहेका एक कर्मचारीले भने ।
उनका अनुसार वास्तविक सुकुमबासी पहिचान र परीक्षण हुने भएकोले अहिले नै हो, होइन भन्ने अवस्था नरहेकोले सोचेभन्दा धेरै सुकुमबासीहरु रंगशालामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण