अनेरास्ववियुद्वारा ‘टीयू डिक्लरेसन’ सहित १३ बुँदे प्रस्ताव पारित
सारांश
- अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठकले 'टियु डिक्लरेसन'सहित १३ बुँदे प्रस्ताव पारित गरेको छ।
- बैठकले विद्यार्थी सङ्गठनमाथि सरकारले गर्न खोजेको निषेधको निर्णयलाई खारेज गरेको छ।
- अनेरास्ववियुले सरकारका प्रतिगमनकारी कदमको दृढ प्रतिकार गर्ने जनाएको छ।
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय बैठकले विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष दीपक धामीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियु ‘टीयू डिक्लरेसन’ जारी गर्दै समसामयिक विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको हो ।
बैठकपछि अध्यक्ष धामीले जारी गरेको विज्ञप्तिमा नेपालको शैक्षिक सुधार, जनजीविका, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलनका प्रेरक शक्ति विद्यार्थी सङ्गठनमाथि सरकारले गर्न खोजेको निषेधको निर्णयलाई बैठकले खारेज गरेको जनाएको उल्लेख छ।
‘एकातर्फ नेपालका मौलिक राजनीतिक शक्तिलाई खारेजी र निषेध गर्ने अर्काेतर्फ विदेशी काउन्सिलहरूलाई खुल्ला छाड्ने सरकारी रवैयाको यो बैठक घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
साथै अनेरास्ववियुले जनताको बलीदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मौलिक हकहरूमाथि सरकार पक्षबाट देखा पर्न खोजेका प्रतिगमनकारी कदमको दृढ प्रतिकार गर्न सबै प्रगतिशील जनवादी विद्यार्थीहरूलाई गोलबद्ध गराउँदै लोकतन्त्रको पक्षमा सशक्त अभियानहरू सञ्चालन गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण