फिल्म ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा एउटा विवाहको उत्सवमय वातावरणभित्र लुकेका जटिल पारिवारिक सम्बन्धहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी घरको सम्पत्ति, दाइजो र महिलाको सामाजिक स्थानलाई लिएर फिल्मले गम्भीर प्रश्नहरू उठाएको देखिन्छ।
ट्रेलरको सुरुमै एउटा संवाद सुनिन्छ, ‘तिमीलाई थाहा नै छैन मेरो फेमिली कस्तो छ भनेर’ जसले फिल्म भित्रको गहिरो रहस्य र द्वन्द्वको सङ्केत गर्छ। फिल्ममा मुख्य भूमिकामा अभिनेत्री आँचल शर्मा छिन् । ट्रेलरमा उनले निर्वाह गरेको चरित्र निकै भावुक र गम्भीर देखिन्छ । उनीसँगै अनुभवी अभिनेत्री निशा शर्माले एउटा सशक्त भूमिका निर्वाह गरेकी छिन्, जसको संवाद र अभिनयले ट्रेलरलाई जीवन्त बनाएको छ।
फिल्ममा आँचल र निशासँगै उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय छ। फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन्।
मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रूपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् । फिल्मलाई गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ । ‘एक मुठ्ठी बादल’ १ जेठ अर्थात १५ मेमा रिलिज हुनेछ । फिल्मका निर्देशक सहारा शर्मा हुन्।
कार्यक्रममा अभिनेत्री आँचल, उषा लगायतका कलाकारले अभिनय अनुभव सुनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण