आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

२५ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

आइतबार, १३ वैशाख २०८३, २१ : ०४
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट अपहरण र कर्तव्य ज्यान मुद्दामा कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका ३० वर्षीय विकाश शर्मा छन्।

अदालतले उनलाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । २०८२ भदौ २४ मा जेनजी आन्दोलन हुँदा उनी केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। 

आइतबार उनलाई पक्राउ गरेर कारागार बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतले रातोपाटीलाई बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप