दलको नेता चयनमा ढिलाइप्रति पूर्णबहादुरले भने– ‘हुन्डरी मच्चाउने’ काम कसैकाे हितमा छैन
काठमाडाैँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियामा देखिएको अस्वाभाविक ढिलाइ र अन्योलप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस अवस्थालाई दलको सार्वभौम अधिकारमाथि ठाडो हस्तक्षेपको परिणाम भन्दै तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले संसदीय दलको नेता चयन कार्य पार्टीको विधि र विधानअनुसार स्वतन्त्र र पारदर्शी ढंगले हुनुपर्ने बताएका छन्। उनका अनुसार पार्टी केन्द्रीय कार्यसमितिले संसदीय दलको विधान अनुमोदन गरेपछि सोही विधानअनुसार केन्द्रीय समितिको समन्वय र सहजिकरणमा संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेता चयन गर्नुपर्ने हो।
उनले हाल भइरहेको ढिलाइ र हस्तक्षेपले पार्टीभित्र अनावश्यक अन्योल सिर्जना गरेको उल्लेख गर्दै यस्तो ‘हुन्डरी मच्चाउने’ कार्य कसैको हितमा नरहेको बताएका छन्। साथै, उनले संसदीय दललाई अविलम्ब नेता चयन प्रक्रिया टुंग्याउन आग्रह गर्दै यसले पार्टीको सार्वजनिक छविमा थप क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।
खड्काले यस विषयमा पार्टी केन्द्रीय नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै विधि र प्रक्रिया अनुसार छिटो निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण