राम चरणको ‘पेद्दी’मा श्रुति हासनको आइटम
काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ प्रदर्शन अगावै चर्चामा छ । बुची बाबु सनाको निर्देशनमा बनिरहेको फिल्म स्पोट्र्स एक्सन ड्रामामा बन्न लागेको हो । भारतीय मिडियाका अनुसार फिल्ममा अभिनेत्री श्रुति हासन भित्रिएकी छन् ।
रिपोर्ट अनुसार फिल्ममा एउटा आइट नृत्यका लागि उनी भित्रिएकी हुन् । गीतको छायाङ्कन सन् २०२६ अप्रिल २६ देखि हैदराबादमा सुरु हुने सम्भावना छ ।
यसअघि यो गीतका लागि अभिनेत्री मृणाल ठाकुरको चर्चा थियो । तर पछिल्लो जानकारी अनुसार मृणालले केही कारणवश यो प्रोजेक्टबाट हात झिकेपछि निर्माण टोलीले श्रुति हासनलाई प्रस्ताव गरेको हो ।
फिल्म ‘पेद्दी’ क्रिकेट प्रतियोगिताको कथामा आधारित रहेको बताइएको छ। यसमा राम चरण मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री जान्हवी कपुरको पनि अभिनय छ। फिल्ममा शिव राजकुमार, दिव्येंदु शर्मा, जगपति बाबु र बोमन इरानी जस्ता कलाकारहरूको पनि अभिनय छ । फिल्ममा ओस्कार विजेता सङ्गीतकार ए.आर. रहमानले सङ्गीत भरेका छन् । फिल्मको प्रदर्शन मिति आगामी जुन २५ बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण