सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ला लिगा

सेल्टा भिगोलाई हराउँदै भिल्लारियल विजयी

सोमबार, १४ वैशाख २०८३, ०४ : ३०
सोमबार, १४ वैशाख २०८३

सारांश

  • स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले सेल्टा भिगोलाई २-१ गोलले पराजित गरेको छ ।
  • भिल्लारियलका लागि जेरार्ड मोरेनो र निकोलस पेपेले गोल गरे भने सेल्टा भिगोका लागि बोर्जा इग्लेसियासले पेनाल्टीमार्फत एक गोल फर्काए ।
  • यो जितसँगै भिल्लारियलको ३३ खेलबाट ६५ अंक पुगेको छ ।

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलमा भिल्लारियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

भिल्लारियलको जितमा जेरार्ड मोरेनो र निकोलस पेपेले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमै मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २९औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सेल्टा भिगोले एक गोल फर्कायो । खेलको ७३औँ मिनेटमा बोर्जा इग्लेसियासले पेनाल्टीमार्फत गोल गरे पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन ।

यो जितसँगै भिल्लारियलको ३३ खेलबाट ६५ अंक पुगेको छ । पराजित सेल्टा भिगोले खेलमा फर्कने प्रयास गरे पनि भिल्लारियलको रक्षापंक्ति तोड्न नसक्दा अंक गुमाउन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप