बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नेताहरूको कार्य विभाजनबारे निर्णय लिन नेकपा संयोजन समितिको बैठक पेरिसडाँडामा

सोमबार, १४ वैशाख २०८३, १४ : ०४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।
  • बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
  • आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डा रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ । गत फागुनमा भएको निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोरेपछि चुनावी समीक्षा गर्न प्रचण्डले चैत १९ गते बैठक बोलाएका थिए ।

पटक–पटक स्थगित भएको बैठक चैत ३ गते संयोजक र सह–संयोजकले वैशाख ३ गते सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएर स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप