प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर, बजेट खर्च नहुँदा अर्थतन्त्र सुस्त
सारांश
- अर्थ मन्त्रालयको प्रतिवेदनले प्रदेश र स्थानीय तहको खर्च गर्ने क्षमता कमजोर रहेको देखाएको छ।
- प्रदेश र स्थानीय तहले कुल एकीकृत खर्चको करिब एक तिहाइ हिस्सा ओगटे पनि विनियोजित बजेटको पूर्ण उपयोग गर्न सकेका छैनन्।
- राजस्व सङ्कलनमा प्रदेश र स्थानीय तहको योगदान न्यून छ र उनीहरू वित्तीय हस्तान्तरण तथा सङ्घीय सरकारको अनुदानमा बढी निर्भर छन्।
काठमाडौँ। अर्थ मन्त्रालयले साेमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले प्रदेश र स्थानीय तहको खर्च गर्ने क्षमता निकै कमजोर रहेको देखाएको छ।
सरकारी श्वेतपत्र अनुसार मुलुकको कुल एकीकृत खर्चको करिब एक तिहाइ हिस्सा प्रदेश र स्थानीय तहले ओगटेका भए पनि विनियोजित बजेटको पूर्ण उपयोग हुन सकेको छैन।
खर्चको हिस्सा र तथ्याङ्क
श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०८१/८२ को कुल एकीकृत खर्चमा सङ्घीय सरकारको हिस्सा ६५.६ प्रतिशत रहँदा प्रदेशको ९.८ प्रतिशत र स्थानीय तहको २४.६ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा प्रदेश र स्थानीय तहको खर्चको हिस्सामा सामान्य गिरावट आएको देखिएको छ । अघिल्लो वर्ष प्रदेशको खर्च हिस्सा ९.९ प्रतिशत र स्थानीय तहको २५.८ प्रतिशत थियो ।
कुल एकीकृत खर्चमध्ये पुँजीगत (विकास) खर्चको हिस्सा मात्र २८.० प्रतिशत रहेको मन्त्रालयको प्रतिवेदनले उल्लेख गरेको छ ।
राजस्व सङ्कलनमा परनिर्भरता
तथ्याङ्क अनुसार राजस्व सङ्कलनमा प्रदेश र स्थानीय तहको योगदान अझै पनि न्यून छ । कुल राजस्वमा सङ्घीय सरकारको हिस्सा ९२.१ प्रतिशत रहँदा प्रदेश र स्थानीय तहको योगदान संयुक्त रूपमा जम्मा ७.९ प्रतिशत मात्रै छ ।
आर्थिक वर्ष २०८०/८१ मा यो हिस्सा ८.० प्रतिशत थियो । यसले स्थानीय र प्रदेश तह अझै पनि वित्तीय हस्तान्तरण र सङ्घीय सरकारको अनुदानमै बढी निर्भर रहेको देखाउँछ ।
कमजोर खर्च क्षमता: मुख्य चुनौती
श्वेतपत्रले प्रदेश र स्थानीय तहको सबैभन्दा ठुलो समस्या कमजोर खर्च क्षमतालाई मानेको छ । वित्तीय सङ्घीयता लागू भएयता सङ्घीय सरकारले कुल बजेटको औसत २२.६ प्रतिशत रकम वित्तीय हस्तान्तरणमार्फत र करिब ११ प्रतिशत राजस्व बाँडफाँटमार्फत तल्लो तहमा पठाउँदै आएको छ ।
तर, बजेट उपयोगको अवस्था भने निराशाजनक छ । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार प्रदेश तहले विनियोजित बजेटको मात्र ७१.३ प्रतिशत खर्च गर्न सकेका छन् । स्थानीय तहले विनियोजित बजेटको ७६.४ प्रतिशत मात्र उपयोग गर्न सकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण