नेकपाको प्रवक्ता प्रकाश ज्वाला, झलनाथ र वामदेवले के–के पाए जिम्मेवारी ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालालाई दिइएको छ।
- केन्द्रीय संयोजन समितिको बैठकले झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुख, वामदेव गौतमलाई उत्पादन विभाग प्रमुख, डा. वेदुराम भुसाललाई स्कुल विभाग प्रमुख र प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
- सात प्रदेशको जिम्मेवारी तय भए पनि अन्य विभागको जिम्मेवारीमा भने सहमति जुट्न बाँकी रहेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालाले पाएका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।
पार्टी एकताअघि उनी साविक नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुख थिए । यस्तै बैठकले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुख, अर्का वरिष्ठ नेता वामदेव गौतमलाई उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेता डा. वेदुराम भुसाललाई स्कुल विभाग प्रमुख र प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ। तर अर्का एक नेताका अनुसार भूगोलको सात प्रदेश बाहेक अन्यको जिम्मेवारीमा कुरा नमिलेको जिकिर गरेका छन् ।
‘सात प्रदेशको जिम्मेवारी त्यही नै हो । विभाग र अन्यको जिम्मेवारीमा कुरा मिलिसकेको छैन । संयोजक र सहसंयोजकले थप छलफल गरेर भोलिको बैठकमा प्रस्तुत गर्छौँ भन्नुभएको छ’, ती नेताले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण