सानु थापा बनिन् ‘ब्युटिसियन नेपाल–२०२६’
काठमाडौँ । ‘ब्युटिसियन नेपाल–२०२६’ को ताज काठमाडौँ सामाखुसीकी सानु थापाले जितेकी छन्। आइतबार साँझ ज्यापु एकेडेमीमा सम्पन्न प्रतियोगितामा दर्जन बढी प्रतियोगीलाई पछि पार्दै थापाले ताज हात पारेकी हुन् । ताजसँगै उनले ‘नेफा अवार्ड २०२६’ लण्डनका लागि सहभागी अवसर प्राप्त गरिन्।
हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फस्ट रनरअप अञ्जली गोले र सेकेण्ड रनरअप सरिता श्रेष्ठ बन्न सफल भए। ब्युटिसियन नेपाल कार्यक्रमको उक्त बाह्रौँ संस्करणमा पेसागत सीपका साथै ब्युटिसियनहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
सौन्दर्यकर्म अरूको शृङ्गारमा मात्र सीमित हुनु हुँदैन,आफू पनि भित्री र बाहिरी सुन्दरतालाई निखारता ल्याउँदै मञ्चमार्फत प्रस्तुत हुनुपर्छ भन्ने उद्देश्य बोकेको प्रतियोगिताको कोरियोग्राफर हिमानी सुब्बा रहेकी थिइन् ।
करिब तीन सातासम्म कोरियोग्राफर सुब्बाले ब्युटिसियनहरुलाई व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुतीकरण, बौद्धिक क्षमता विकासमा तालिम दिएकी थिइन् ।
त्यस्तै गरी वेस्ट मोडल मेकअप विजेता विभु श्रेष्ठ, वेस्ट नेल आर्ट सम्झना ढकाल, वेस्ट जुरो शोभा श्रेष्ठले जित्न सफल भए ।
प्रतियोगिताको निर्णायक नायिका तथा मोडल सुष्मा अधिकारी, मिसेस ‘हिमालयन नेपाल–२०२४’ एवं सौन्दर्यकर्मी कविता बिशुंखे, डरम्याटोलोजिस्ट डा. मुना बिस्ट, मोडल अभिषेक खड्का, मोडल तथा अभिनेता दिक्पाल कार्की रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण