सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माैसम पूर्वानुमान

पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको असर : आज यी प्रदेशमा हुनेछ भारी वर्षा

मङ्गलबार, १५ वैशाख २०८३, ०६ : १२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपालमा पश्चिमी, स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभावले हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली छ।
  • आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
  • राति कोशी प्रदेशमा धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। साथै गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी परिरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप