सरकारले अध्यादेश ल्याउन लागेकोप्रति शंकर पोखरेल : आम नागरिकले यसलाई कसरी बुझ्ने ?
मङ्गलबार, १५ वैशाख २०८३, २० : ३१
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अध्यादेश ल्याउने लागेकोप्रति प्रश्न उठाउँदै सार्वजनिक रूपमा धारणा व्यक्त गरेका छन्।
उनले मङ्गलबार सामाजिक सञ्जालमार्फत संसद् स्थगित गरेर अध्यादेश ल्याउने निर्णयलाई आम नागरिकले कसरी बुझ्ने भन्दै प्रश्न गरेका हुन् ।
उनले यसअघि यस्तै कदमको आलोचना गर्नेहरूले अहिले जवाफ दिनुपर्ने बताए।
जनताले ठुलो आशा राखेका नयाँ नेतृत्वप्रति विश्वास कमजोर हुनु अहिलेको सबैभन्दा गम्भीर चिन्ताको विषय भएको बताए ।
“धेरै आशा गरिएकाहरुप्रतिको निराशाले नै सङ्कट निम्त्याउँछ,” भन्दै उनले यस्तो परिस्थितिमा सरकार र नेतृत्वले अझ जिम्मेवार भएर निर्णय लिनुपर्नेमा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण