सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बैजनी राजधानी

ज्याकाराण्डाले बढायो उपत्यकाको सौन्दर्य, २६ तस्बिरमा हेर्नुहोस्

बिहीबार, १७ वैशाख २०८३, ११ : ४०
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । वैशाखको आगमनसँगै काठमाडौँ उपत्यकाको स्वरूप फेरिएको छ। यतिबेला उपत्यकाका प्रमुख सडक र गल्लीहरू 'ज्याकाराण्डा' फूलले ढकमक्क भई बैजनीमय बनेका छन्।

विशेषगरी वैशाख महिनामा फुल्ने यो आकर्षक फूलका कारण काठमाडौंको सौन्दर्यमा थप निखार आएको छ। उपत्यकाका सुन्धारा, कमलपोखरी, रत्नपार्क र ललितपुरको महालक्ष्मीस्थान लगायतका क्षेत्रमा फुलेका ज्याकारण्डाले सहरलाई निकै मनमोहक बनाएको छ। सानो र झुप्पा परेको हुने भएकाले यसलाई स्थानीय भाषामा 'भँगेरी फूल' समेत भन्ने गरिन्छ।

सडक किनारमा फुलेका यी फूलहरूले पैदलयात्री र सवारी चालकहरूको ध्यान मात्र खिचेको छैन, सर्वसाधारणलाई यो दृश्य कैद गर्न समेत लोभ्याएको छ। 

अहिले यी स्थानहरूमा फोटो खिच्ने, टिकटक बनाउने र भिडियो खिच्नेहरूको निकै चहलपहल देखिन्छ। 

काठमाडौंको व्यस्तता र धूलोका बिच फुलेको यो बैजनी फूलले उपत्यकावासीलाई एक प्रकारको शान्त र प्राकृतिक आभास दिलाएको छ।

jacaranda (15)jacaranda (16)jacaranda (17)jacaranda (18)jacaranda (19)jacaranda (20)jacaranda (21)jacaranda (22)jacaranda (23)jacaranda (24)jacaranda (25)jacaranda (26)

jacaranda (1)jacaranda (2)jacaranda (3)jacaranda (4)jacaranda (5)jacaranda (6)jacaranda (7)jacaranda (8)jacaranda (9)jacaranda (10)jacaranda (11)jacaranda (12)jacaranda (13)jacaranda (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप