बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जन्मदिनमा केक दलेपछि तीन साथीको गोली हानी हत्या

बिहीबार, १७ वैशाख २०८३, १४ : ५५
बिहीबार, १७ वैशाख २०८३

नयाँ दिल्ली । भारतको बुलन्द सहर जिल्लाको खुर्जा क्षेत्रमा जन्मदिनको रमाइलो एकै छिनमा त्रासदीमा परिणत भएको छ ।

जन्मदिन केक अनुहारमा दल्दिएको रिसमा एक व्यक्तिले आफ्नै तीन जना साथीलाई गोली हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ । घटनामा ३३ वर्षीय जितु सैनी मुख्य आरोपित रहेका छन् । आफ्नो जन्मदिन मनाउन जिममा उनका साथीहरू भेला भएका थिए ।

रमाइलोका लागि केही साथीहरूले अनुहारमा केक दल्दा जितु रिसाए । प्रत्यक्षदर्शीका अनुसार त्यसपछि जितुको अमरदीप सैनी, मनीष सैनी र आकाश सैनीसँग चर्काचर्की भयो । विवादपछि उनी केही समयका लागि बाहिर निस्किएर । उनी एक हुल मानिस र लाइसेन्स भएको बन्दुकसहित फर्किए । फर्किएलगत्तै उनले ती तीनै जनामाथि गोली चलाए ।

घाइतेहरूलाई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

स्थानीय प्रहरीका अधिकारीका अनुसार, जन्मदिनको क्रममा भएको सानो विवाद नै ठुलो हिंसात्मक घटनामा परिणत भएको हो । घटनापछि आरोपी र उनका सहयोगीहरू फरार छन् । प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी राखेको छ र १५ भन्दा बढी व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । मुख्य आरोपी जितु सैनी अझै फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप