सर्वाेच्चले भूमि समस्या समाधान आयोग ब्युँताउने आफ्नै फैसला पुनरवलोकन गर्ने
बिहीबार, १७ वैशाख २०८३, १८ : ५८
काठमाडौँ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग ब्युँताउने आफ्नै फैसला पुनरवलोकन गर्ने भएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरू टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले सरकारको तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै पुनरवलोकन गर्ने निर्णय गरेको हो ।
सर्वोच्चले २०८२ मंसिर १५ मा सुनाएको फैसलाले भूमिसहित सुकुमबासी समस्या समाधानमा बाधा पुगेको दाबी गर्दै सरकारले पुनरवलोकन निवेदन दिएको थियो ।
२०८२ मंसिर १५ मा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोग ब्युँताउन परमादेश दिएको थियो । उक्त फैसलाले आयोग पुनर्स्थापित गरी काम गर्नुपर्ने भएपछि सरकारले पुनरवलोकन निवेदन दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण