गर्भपतनलाई पूर्ण रूपमा अपराधमुक्त गर्नुपर्नेमा जोड
मेलबर्न । अस्ट्रेलियामा अप्रिल २७–३० सम्म आयोजित विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ को अन्तिम दिन नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर) सम्बन्धी विशेष सत्र आयोजना भएको छ ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), ओरेक नेपाल र वन हर्ट वर्ल्ड वाइडको संयुक्त आयोजनामा भएको यस सत्रमा नेपालको एसआरएचआरको अवस्था, उपलब्धि र चुनौतीबारे गहन छलफल भयो ।
एफडब्लुएलडीका अधिवक्ता सबिन श्रेष्ठले नेपालको संविधानले प्रजनन स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि सुरक्षित गर्भपतनको अधिकार र मुलुकी अपराध संहिताबिचको विरोधाभासले ५० प्रतिशतभन्दा बढी गर्भपतन असुरक्षित हुने गरेको बताए । उनले सुरक्षित गर्भपतनलाई पूर्ण रूपमा अपराधमुक्त गर्नुपर्ने, प्रसूति हिंसालाई कानुनमै परिभाषित गरी दोषीलाई उत्तरदायी बनाउनुपर्ने र वैकल्पिक प्रजनन प्रविधिसम्बन्धी स्पष्ट कानुनको आवश्यकतामा जोड दिए ।
ओरेक नेपालकी डाक्टर रेनु अधिकारीले पितृसत्तात्मक सोच र सामाजिक लाञ्छना एसआरएचआरका मुख्य बाधक रहेको उल्लेख गर्दै निरन्तर अभियानको महत्त्वमा जोड दिइन् । वन हर्ट वर्ल्ड वाइडका सूर्य भट्टले सुरक्षित र सम्मानजनक प्रसूति सेवाको आवश्यकता औँल्याए ।
कार्यक्रमले कानुनी सुधारसँगै प्रभावकारी कार्यान्वयन, सामाजिक सोच परिवर्तन र विश्वव्यापी सहकार्य एसआरएचआरको सुनिश्चितताका लागि अपरिहार्य रहेको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण