टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा प्रवाह
काठमाडौँ । नेपाल टेलिकमले देशका विभिन्न दुर्गम स्थानहरुमा ‘टुजी’ प्रविधिमा आधारित जिएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ।
टेलिकमले स्याटेलाइट प्रविधिमा आधारित जिएसएम मोबाइल तथा भिस्याट टेलिसेन्टर उपकरण जडान गरी हाल ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा यो सेवा विस्तार गरिएको प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए।
उनका अनुसार यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ ‘साइट’ डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन्।
यस्तै हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच÷पाँच स्थानमा साइट रहेको टेलिकमले जनाएको छ।
यसैगरी मनाङको भीमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्सेप र मोन्जु, रसुवाको गोसाइँकुण्ड र चन्दनबारी तथा दार्चुलाको तिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन्।
टेलिकमले सहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसङ्ख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भिस्याट प्रविधिको प्रयोग गरेको छ । यस्ता दुर्गम बस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरु ओसारेरसमेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण