अभिनव बज्रका भाइरल भिडियो पछाडिका ‘जादुगरी’ लेखक
सामाजिक सञ्जालमा कुनै पनि सामग्री भाइरल हुनुमा त्यसको विषयवस्तु (कन्टेन्ट) को सबैभन्दा ठूलो हात हुन्छ । विषयवस्तु जति छोटो, राम्रो र प्रभावकारी भयो, भिडियो त्यति नै धेरै दर्शकसम्म पुग्छ । यसको पछिल्लो उदाहरण हुन्, ‘मीठो मीठो मीठो’ भन्दै आफ्नो फुड ब्लग यात्रा सुरु गरेका अभिनव बज्र । अचेल उनी टिकटक र फेसबुकमा दीनदुःखीलाई सहयोग गरेको भिडियोमार्फत लाखौं दर्शकको मन जितिरहेका छन् ।
उनको प्रभावकारी विषयवस्तु, प्रस्तुति शैली, र भिडियोमा प्रयोग हुने क्याप्सन र कमेन्टका कारण उनका भिडियोले दश लाख भ्युज पाउनु सामान्य जस्तै भइसकेको छ । उनका भिडियो हेरेर नछुने र नरुने दर्शक सायदै कम होलान् । उनको शिष्ट बोली, दीनदुःखीलाई गर्ने सहयोग र सबैप्रतिको समान व्यवहार प्रशंसनीय छ । अभिनवकै भिडियोमार्फत असक्त हातले बाल्टिन झुण्ड्याउँदै कुकुरलाई खाना खुवाउँदै हिँड्ने रश्मी दिदी देश–विदेशमा भाइरल भइन् । रश्मी दिदीको भिडियो भाइरल भएसँगै त्यसको कन्टेन्ट, क्याप्सन र कमेन्टको पनि निकै चर्चा भयो ।
अभिनवका भिडियोमा प्रयोग हुने यिनै शक्तिशाली लाइनहरू, जसले भ्लगलाई झनै शक्तिशाली बनाउँछ, त्यसको पछाडि वरिष्ठ लेखक प्रेमकृष्ण श्रेष्ठको कलम चल्छ ।
हालै मात्र हिन्दी भाषामा साधना सरगमलाई गीत लेखाएर आफ्नो जादुगरी लेखनका कारण ‘भाइरल लेखक’का रूपमा चिनिएका श्रेष्ठले हजारौं सिर्जनाहरू प्रकाशित गरिसकेका छन् । भनिन्छ, हरेक कालजयी सिर्जनाभित्र एक कालजयी लेखक हुन्छ । अहिले सामाजिक सञ्जालमा अभिनव बज्र र उनको भावनात्मक भिडियोको मात्र होइन, त्यसभित्र मुटु छुने गरी क्याप्सन लेख्ने यी लेखकको पनि शहरमा चर्चा छ । उनको लेखनको प्रभाव यतिसम्म परेको छ कि कैयौं टिकटक प्रयोगकर्ताहरूले आफ्नो कन्टेन्ट, क्याप्सन र कमेन्टका लागि वरिष्ठ लेखक श्रेष्ठसँग माग गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीसँग प्रचण्ड मिल्दा रिसाए माधव नेपाल
-
बेड मागेर विश्वविद्यालय चलाउने कि आफ्नै अस्पतालबाट सुरु गर्ने ?
-
भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने दाउमा आर्सनल, तर मोटो तलब बन्यो मुख्य चुनौती
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
-
डीआर कङ्गोमा इबोला सङ्क्रमण तीव्र, मृतक सङ्ख्या १ हजार ३५४ नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण