डीआर कङ्गोमा इबोला सङ्क्रमण तीव्र, मृतक सङ्ख्या १ हजार ३५४ नाघ्यो
सारांश
- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३५४ पुगेको छ ।
- सरकारी तथ्याङ्कअनुसार केवल ५ दिनमै मृतक सङ्ख्या ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
- यसपटक फैलिएको भाइरस बुन्डिबुग्यो प्रजातिको इबोला हो, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।
नैरोबी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको सङ्ख्या १ जहार ३५४ पुगेको छ । सरकारी तथ्याङ्कअनुसार केवल ५ दिनमै मृतक सङ्ख्या ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार इबोला सङ्क्रमणका पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्या ३ हजार ७५ पुगेको छ, जुन एक साताअघिको तुलनामा २७ प्रतिशतले बढी हो ।
विशेषज्ञहरूका अनुसार सङ्क्रमण र मृत्युको दर तीव्र रूपमा बढेकाले यो इतिहासकै सबैभन्दा छिटो फैलिएको इबोला महामारी बनेको छ । यसपटक फैलिएको भाइरस बुन्डिबुग्यो प्रजातिको इबोला हो, जुन मानिसमा असर गर्ने इबोलाका चार प्रकारमध्ये सबैभन्दा दुर्लभ मानिन्छ । हालसम्म यसका लागि स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन स्थापना गर्न सहयोग गरेका जनस्वास्थ्य विज्ञ अब्दुलसलामी नासिदीले खोपको अभावका कारण भाइरस डढेलोझैँ फैलिरहेको बताएका छन् । उनका अनुसार महामारी सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएकाले नियन्त्रण प्रयास थप चुनौतीपूर्ण बनेको छ ।
यसैबिच, वैज्ञानिकहरूले नयाँ खोप विकासलाई तीव्र बनाएका छन् । अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन समूहले शुक्रबार एक स्वयंसेवकलाई बुन्डिबुग्यो इबोलाविरुद्ध विकास गरिएको प्रयोगात्मक खोपको पहिलो मात्रा दिइएको जनाएको छ । अनुसन्धान टोलीले यसलाई खोप विकास अभियानको महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ ।
यसअघि सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया र सिएरा लियोनमा फैलिएको इतिहासकै सबैभन्दा घातक इबोला महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमितमध्ये ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
साे महामारीमा पहिलो १ हजार मृत्यु पुग्न करिब ८ महिना लागेको थियो भने डीआर कङ्गोको हालको महामारीमा त्यही सङ्ख्या १० साताभन्दा कम समयमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
-
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति विवादमा
-
दोस्रो विवाह गरेकी महिलाले पहिलो पतिसँग रात बिताएपछि...
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजारभन्दा बढी विस्थापित
-
बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु
-
गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण