भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने दाउमा आर्सनल, तर मोटो तलब बन्यो मुख्य चुनौती
एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस जाइन्ट रियाल म्याड्रिडका विंगर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ । दुई क्लबबिच अहिलेसम्म आधिकारिक रूपमा कुनै कुराकानी नभए पनि आर्सनलको चासो निकै गम्भीर रहेको स्काइ स्पोर्ट्सले लेखेको छ ।
२६ वर्षीय ब्राजिलियन स्टार भिनिसियस रियाल म्याड्रिडसँगको सम्झौताको अन्तिम वर्षमा छन् । यदि रियालले उनीसँग नयाँ सम्झौता गर्न सकेन भने अर्को वर्ष फ्री ट्रान्सफरमा गुमाउनुभन्दा यसै समर ट्रान्सफर विन्डोमा उनलाई बेच्न म्याड्रिड तयार हुन सक्छ ।
आर्सनलले आफ्नो लेफ्ट विङलाई अझ बलियो बनाउन भिनिसियसलाई प्रमुख लक्ष्य बनाएको हो । भिनिसियसका साथै आर्सनलले जुलियन अल्भारेज, यान डियोमान्डे र ब्राड्ली बारकोलाजस्ता खेलाडीहरूलाई पनि आफ्नो सम्भावित सूचीमा राखेको छ ।
आर्सनलमा टोली परिवर्तनको आवश्यकता
आर्सनलले यसै समरमा आफ्ना विंगर लियान्ड्रो ट्रोसार्डलाई १७ मिलियन पाउण्डमा टर्कीको क्लब बेसिक्टासलाई बेचिसकेको छ भने क्लब ब्रुगबाट ३४ मिलियन पाउण्डमा क्रिस्टोस जोलिसलाई भित्र्याएको छ । तर, देब्रे विङका अर्का विकल्प ग्याब्रिएल मार्टिनेलीले गत सिजन प्रिमियर लिगमा मात्र एक गोल गरेका थिए । त्यसैले, टोलीलाई उपाधि होडमा कायम राख्न आर्सनल सुपरस्टार खेलाडीको खोजीमा छ ।
सन् २०२४ को बेलोन डि'ओर उपविजेता भिनिसियस र रियाल म्याड्रिडका नयाँ प्रबन्धक जोसे मोरिन्होबिचको सम्बन्धलाई लिएर पनि चर्चा भइरहेको छ । यद्यपि, दुवै नयाँ सिजनका लागि मिलेर अघि बढ्न तयार रहेको बताइएको छ । तर भिनिसियस प्रिमियर लिग जान सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
के आर्सनलले भिनिसियसको भारी तलब धान्न सक्ला ?
आर्सनलले चासो देखाए पनि भिनिसियसको अत्यधिक तलब नै यो ट्रान्सफरको मुख्य बाधक बन्ने देखिएको छ । स्काई स्पोर्ट्ससँग कुरा गर्दै स्पेनिस फुटबल विज्ञ टेरी गिब्सनले भनेका छन्, 'भिनिसियसले हाल रियाल म्याड्रिडबाट कर कटाएर वार्षिक १५ मिलियन युरो लिइरहेका छन् । रियालले उनलाई वार्षिक २० मिलियन युरोको नयाँ अफर गरेको छ, तर भिनिसियस भने वार्षिक ३० मिलियन युरो माग गरिरहेका छन् ।
गिब्सनका अनुसार भिनिसियस र रियाल म्याड्रिड दुवै आ आफ्नो अडानबाट पछि हट्न तयार छैनन् । यो विवाद विगत १८ महिनादेखि जारी छ, जसका कारण रियाल म्याड्रिडले उनको विकल्पका रूपमा आरबी लेइपजिगका यान डियोमान्डेलाई हेर्न थालिसकेको छ ।
गिब्सन थप्छन्, 'यति ठूलो रकम आर्सनल वा प्रिमियर लिगको कुनै पनि क्लबले भुक्तानी गर्न सक्ने कल्पना गर्न गाह्रो छ ।' तसर्थ, आर्सनलको चासो तीव्र भए पनि भिनिसियसको मागअनुसार भारी तलबका कारण यो सम्झौता निष्कर्षमा पुग्न भने निकै कठिन देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण