ओलीसँग प्रचण्ड मिल्दा रिसाए माधव नेपाल
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश सरकार गठनबारे गरेको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
- समझदारी अनुसार एमालेले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो ।
- माधव नेपालले उक्त सहमतिलाई सत्ता केन्द्रीत मात्रै भएको र नीति केन्द्रित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
काठमाडौँ । प्रदेशस्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने ३ बुँदे समझदारी गरेका थिए । उक्त समझदारी अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको थियो । तर, उक्त सहमतिप्रति नेकपाका सहसंयोजक माधव नेपालले सत्ता केन्द्रीत सहमति मात्रै गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘होमवर्क कम भयो भन्ने एउटा असन्तुष्टि अर्को सत्ता केन्द्रीत सहमती राम्रो होइन भन्ने सहसंयोजकको कुरा हो’,नेपाल निकट एक नेताले भने, ‘नीति केन्द्रित हुनुपर्नेमा त्यसो गरिएन भन्ने गुनासो उहाँको हो ।’
माधव नेपाल निकट नेता रामकुमार भट्टराईले कार्यगत एकता हुँदै भोलीका दिनमा वाम एकता गर्ने बाटोमा जाने गरी गरेको भए राम्रो हुने नेपालको भनाई रहेको बताए । नेता भट्टराईका अनुसार एमाले र नेकपा मिलेर सरकार बनाएपछि के के काम गर्ने भनेर प्राथमिकता समेत निर्धारण गरेको भए राम्रो हुने बताए ।
‘एमाले र नेकपा मिलेर बन्ने नयाँ सरकारले के नवीनतम कार्य गर्छ त ? नयाँ चिज के दिने जनतालाई भनेर नगरिएकाले हतार गरिएको हो कि, परिपक्व भएन कि भन्ने कुरा हो’, नेता भट्टराईको भनाइ छ । शनिबार ओली र प्रचण्डबिचको सहमतिका समयमा नेपाल भने उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास
-
प्रचण्डको विरोधाभाष : सत्ता गठन र विघटनको दौडमा पार्टीभित्रै चुलियो असन्तुष्टि
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
-
पाँचथरको फालेलुङ पहिरो पीडितको उद्धारमा जुट्न आङ्देम्बेको अपिल
-
लुम्बिनीमा नयाँ सरकारबारे अझै औपचारिक छलफल सुरु भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण