बालाजु सुकुमबासी बस्तीको सामान धमाधम सारिँदै
शुक्रबार, १८ वैशाख २०८३, ०८ : ०९
सारांश
- बालाजु सुकुमबासी बस्तीका बासिन्दाहरूले डोजर चल्नुअघि नै धमाधम आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।
- बस्तीका ९० प्रतिशत सुकुमबासीले आफैँले टहरा खाली गराएर इँटा र काठका सामानहरू पनि हटाउँदै छन् ।
- बिहान ७ बजेदेखि डोजर चलाउने भनिए पनि बिहान ८ बजेसम्म डोजर सञ्चालन गरिएको छैन ।
काठमाडौँ । बालाजु सुकुमबासी बस्तीमा रहेकाहरूले धमाधम आफ्नो सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन् । बिहान ७ बजे देखि डोजर चलाउने भनिएपछि यहाँ रातभर समान सारिएको थियो । यद्यपि बिहान ८ बजेसम्म डोजर भने चलाइएको छैन ।
यो बस्तीका ९० प्रतिशत सुकुमबासीले आफैँले टहरा खाली गराइरहेका छन्। अहिले कोठाका सामान मात्र होइन घर टहराका इँटा काठहरू समेत आफै हटाउँदै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण