न्युजिल्याण्डका कप्तान मिचेल सान्टनर घाइते, आईपीएल छाडेर घर फर्किए
सारांश
- न्युजिल्याण्डका सीमित ओभरका कप्तान मिचेल सान्टनर काँधको चोटका कारण कम्तीमा एक महिना मैदानबाहिर रहने भएका छन्।
- चोट देखिएपछि उनी यसै साता भारतबाट न्युजिल्याण्ड फर्किएका हुन् र विशेषज्ञ चिकित्सकको सल्लाहमा आराम र पुनस्र्थापनाको प्रक्रियामा छन्।
- यो चोटसँगै सान्टनरले मे र जुनमा हुने आयरल्याण्ड र इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने निश्चित भएको छ।
मुम्बई । न्युजिल्याण्डका सीमित ओभरका कप्तान मिचेल सान्टनर काँधको चोटका कारण कम्तीमा एक महिना मैदानबाहिर रहने भएका छन्। मुम्बई इन्डियन्सबाट आईपीएल २०२६ खेलिरहेका ३४ वर्षीय सान्टनरको स्क्यान रिपोर्टमा ‘ग्रेड थ्री एसीएल सोल्डर इन्जुरी’ देखिएको छ।
चोट देखिएपछि उनी यसै साता भारतबाट न्युजिल्याण्ड फर्किएका हुन्। शुक्रबार विशेषज्ञ चिकित्सकलाई देखाएपछि उनलाई कम्तीमा एक महिना आराम र पुनस्र्थापनाको सल्लाह दिइएको न्युजिल्याण्ड क्रिकेटले जनाएको छ।
गत अप्रिल २३ मा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा सान्टनरको देब्रे काँधमा चोट लागेको थियो। व्यक्तिगत कारणले केही ढिलो गरी मुम्बईको टोलीमा आबद्ध भएका उनले उक्त खेलमा बलिङ गरे पनि ब्याटिङ गर्न भने सकेका थिएनन्। सान्टनरको स्थानमा सार्दुल ठाकुरले ब्याटिङ गरेका थिए।
यस सिजनमा मुम्बईका लागि उनले ५ विकेट लिनुका साथै दुई इनिङ्समा २६ रन बनाएका थिए। उनलाई मुम्बईले सन् २०२५ को अक्सनमा २ करोड भारतीय रुपैयाँमा भित्र्याएको थियो।
यो चोटसँगै सान्टनरले मे महिनाको अन्त्यमा हुने आयरल्याण्डविरुद्धको एक मात्र टेस्ट र जुनको सुरुमा लर्ड्समा हुने इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट गुमाउने निश्चित भएको छ।
इंग्ल्याण्डविरुद्धका बाँकी दुई टेस्टमा उनको सहभागिता पछि तय गरिनेछ। टी-२० विश्वकपमा न्युजिल्याण्डलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका सान्टनर जुलाईमा हुने वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजसम्म मैदान फर्कने अपेक्षा गरिएको छ।
आयरल्याण्ड र इंग्ल्याण्ड भ्रमणका लागि न्युजिल्याण्डले केही दिनमै टोली घोषणा गर्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण